जन्मदिन मनाइरहेको घरमा पहिरोः ४ को मृत्यु, ७ घाइते

फाइल फोटो ।

काठमाडौंः पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ भने सात जना नै घाइते भएका छन् ।

पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् । दश जना मध्ये तीन जनाको मृत्यु भएको र सात जना घाइते छन् ।

याे पनि पढ्नुस  घाँस काट्न जाँदा आमाको मृत्यु, पेट फुटेर निस्केका शिशुको अस्पताल लैजाँदै गर्दा ज्यान गयो

उनीहरूलाई स्थानीय र प्रहरीको सक्रियातामा अस्पताल पुर्याएको छ । उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

जन्मदिन मनाउन अन्य आफन्तसमेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताए । अन्य हराइ रहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको छ ।

याे पनि पढ्नुस  स्कुटरलाई ठक्कर दिएको भन्दै एम्बुलेन्सलाई अवरोध, बिरामीको बाटोमै मृत्यु

त्यसै गरी पोखरा २५ हेम्जामा घर पछाडिबाट पहिरो आउँदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङमा पहिरोले घर पुर्यो, एकै परिवारका ३ जनाको मृत्यु

कमेन्ट गर्नुहोस्