म्याग्दी बाढीपहिरो : १३ को शव भेटियो, १९ जना बेपत्ता

बेनी : म्याग्दीमा बाढी र पहिरोमा पुरिएरका १३ जनाको शव भेटिएको छ । बिहीबार रातीदेखिको अविरल वर्षापछिको पहिरोमा पुरिएका मध्य १३ जनाको शव भेटिएको र अन्य १९ जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोमा पुरिएका धवलागिरी गाउँपालिका-६ मराङ दमका चिहानडाँडाका तुलबहादुर क्षेत्री, सुकुना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, कल्लेनीका नजिमा केसी, प्रकाश केसी, सविन र रघुगंगा गाउँपालिका-६ ठाडाखानीका नलिमान छन्त्यालको शव भेटिएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  कास्की पहिरोः एकै परिवारका तीन जनाको मृत्यु

मृतक १४ जना मध्य १३ जना पहिरोमा पुरिएका र एक जना नलिमान छन्त्याललाई स्थानीय लापु खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका धवलागिरी गाउँपालिकाको मराङका ६ जनाको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको र वेपत्ता सोही ठाउँका १० जना र मालिका गाउँपालिकाको विमका ६ जनाको खोजी कार्य जारी रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना त्रासबीच म्याग्दीमा डेङ्गुको प्रकोप, संक्रमित संख्या ९ पुग्यो

बाढीपहिरोमा परेर बेपत्ता भएकाहरुको खोजीकार्य सुरु गरिएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारकालागि बेनीबाट नेपाली सेनाको टोली हेलिकोप्टरबाट र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल स्थलमार्ग हुँदै जान प्रयास गरेपनि मौसम प्रतिकूलताका कारण जान नसकी फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्