युरोपेली संघद्वारा नेपाललाई ३ अर्ब १७ करोडको सहयोग

काठमाडौं : बहुपक्षीय पोषण कार्यक्रमको दोस्रो चरणका लागि युरोपेली सङ्घले २३.३५ मिलियन युरो (करिब ३ अर्ब १७ करोड ४५ लाख) बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा द्विपक्षीय सहयोग सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा अर्थसचिव शिशिरकुमार ढुङ्गाना र युरोपेली युनियनका निमित्त निर्देशक जियन लुइस भिल्लेले हस्ताक्षर गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

सन् २०१८ देखि सुरु भएको सो कार्यक्रम २०२२ सम्म सञ्चालन हुनेछ ।

अनुदान सहयोगमध्ये २० मिलियन युरो अर्थात् २ अर्ब ७१ बराबरको अनुदान बजेटरी सहयोगमा उपलब्ध हुनेछ भने बाँकी रकम भने युनिसेफको प्राविधिक सहयोगमार्फत् खर्च हुने विज्ञप्तिमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्