प्रधानमन्त्री ओली देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज साँझ ८ बजेको समाचारपछि नेपाल टेलिभिजनमार्फत् देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

पछिल्लो समय सत्तारुढ नेकपाका बहुमत शीर्ष नेताले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेको अवस्था छ भने देशभर ओलीको पक्षमा प्रदर्शन पनि जारी छ ।

याे पनि पढ्नुस  जनगायक शर्मालाई प्रधानमन्त्री ओलीले भने, ‘छोरा बचाउन आवश्यक सहयोग गर्छु’

यस्तै, प्रधानमन्त्री ओली र चिनियाँ राजदूतको नाम जोडेर भारतीय मिडियाले अर्नगल प्रचार गरिरहेका छन् ।

कोरोना महामारीका बीच प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा उक्त विषय पनि समावेश गने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्