यस्ता छन् सीसीएमसी बैठकका निर्णय

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले मा भारत र अन्य तेस्रो मुलुकबाट आएका व्यक्तिलाई व्यवस्थापन गर्न नगरपालिका सञ्जालका प्रतिनिधि सामेल गरिने प्रस्ताव मन्त्रि‍परिषदमा लैजाने निर्णय गरेको छ । उक्त कुरा काठमाडौं उपत्यकामा गरिने कामको हकमा मात्र लागू हुने बताइएको छ ।

सीसीएमसीको निर्देशक समितिको आज बसेको बैठकले भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिहरूलाई थप व्यवस्थापन गर्न नगरपालिका सञ्‍जालका अध्यक्ष (काठमाडौं महानगरपालिकाका मेयर), उपाध्यक्ष (ललितपुर महानगरपालिकाका मेयर) र सचिव (मध्यपुर ठिमी नगरपालिकाका मेयर) लाई सीसीएमसीको बैठकमा आमन्त्रण गर्ने प्रस्ताव मन्त्री परिषदमा लैजाने निर्णय गरेको सीसीएमसी सचिवालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिएए ।

याे पनि पढ्नुस  कोराना भाइरस विरुद्धको औषधि परीक्षणको परिणाम उत्साहजनक

बैठकले प्रदेशस्तरीय र जिल्लास्तरीय सीसीएमसीको संरचनामा त्यहाँको जनस्वास्थ्य कार्यालयका प्रमुखहरूलाई पनि समावेश गर्ने गरी मन्त्रिषरिषद्‍मा प्रस्ताव लाने निर्णय भएको सचिव गुरागाईंले बताए ।

उनका अनुसार बैठकले नेपालमा लगानी गरेका लगानीकर्ता वा निजका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेका बहुराष्ट्रिय कम्पनीका कर्मचारीहरु, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख वा कार्यरत कर्मचारीलाई नेपालमा आउनलाई स्वीकृत दिनु पर्नेमा मन्त्रिपरिषद्‍बाट निर्णय गराउन प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।

याे पनि पढ्नुस  कोरोना भाइरस: ४९२ को मृत्यु, २४ हजार ५ सय संक्रमित र २५ देशमा विस्तार

त्यस्तै, असार २८ गतेसम्म विदेशबाट उद्धारका उडान भइराखेकोमा अब १ सातासम्म उडानका गर्न तालिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम मन्त्रालय समन्वयात्मक रुपमा सार्वजनिक गर्न गर्ने निर्णय गरेको सचिव गुरागाईँले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्