सह–सचिवकाे नतिजा प्रकाशित, काे-काे भए पास ? (सूचीसहित)

काठमाडौंः लोकसेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी (सह–सचिव)को नतिजा प्रकाशित गरेको छ ।

नतिजाअनुसार खुलातर्फ रामबन्धु सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्य छनोट भएका छन् । मधेसीमा इन्द्रदेव यादव र रामकुमार महतो उर्तीण भएका छन् भने महिलामा अनिता निरौला र स्किम श्रेष्ठ सह–सचिव बनेका छन् ।

याे पनि पढ्नुस  लोकसेवा आयोगद्वारा अधिकृतको नतिजा सार्वजनिक (नामावलीसहित)

आदीवासी जनजातीमा हेमराज तमाङ पास भएका छन् । लकडाउन अघि नै लिखित परीक्षा सञ्चालन भएर उनीहरुको अन्तर्वार्ता र मामिला प्रस्तुतिकरण रोकिएको थियो ।

लोकसेवाले असार १५ देखि १७ सम्म मामिला प्रस्तुतिकरण तथा १८ देखि २६ गतेसम्म सञ्चालन गरेका अन्तर्वार्ता सञ्चालन गरेका थियो ।

याे पनि पढ्नुस  लोकसेवाका विज्ञापनमा दरखास्त दिने समय थप (सूचनासहित)

 

कमेन्ट गर्नुहोस्