कोरोनाको स्रोत खोज्न चीन गयो डब्ल्यूएचओ टोली

काठमाडौंः कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोली चीन गएको छ । चीन कोरोना भाइरसको उद्गमस्थल हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार विज्ञहरूको यो टोलीमा दुई सदस्य हुनेछन्, जसले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर काम गर्ने छन् ।

हालसम्म विश्वभर कोरोनाबाट १ करोड २४ लाख ६४ हजार ९१५ संक्रमित भएका छन् भने ५ लाख ५९ हजार ५५२ जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्