खानेपानी विवादमा झडप, एक बालकको ज्यान गयो

डडेलधुराः डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ मा खानेपानीको विषयमा विवाद भई भएको झडपमा परी आलिताल गाउँपालिका ६ को भौनाका गणेश महरका १२ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

याे पनि पढ्नुस  रवि समर्थक र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

गएराति भएको झडपमा परी घाइते भएका बालकको उपचारका क्रममा धनगढीमा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेका चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

कमेन्ट गर्नुहोस्