प्राकृतिक प्रकोप पीडितको अवस्था बुझ्न चितवन जाँदै प्रचण्ड

काठमाडौंः प्राकृतिक प्रकोप पीडितको अवस्था बुझ्न नेकपा अध्यक्ष प्रचण्ड चितवन जाँदैछन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्ड आज गृह जिल्ला चितवन जान लागेको उनको सचिवालयले जनाएको छ ।

‘प्राकृतिक प्रकोप बाढी पहिरो, कोरोना महामारीलगायत क्षेत्रका जनताको अवस्था बुझ्नका लागि अध्यक्ष प्रचण्ड आफ्नो गृहजिल्ला चितवन जाने कार्यक्रम रहेको छ’, प्रचण्डको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्