बाढीप्रभावित क्षेत्रको अवलोकनका लागि चितवनमा प्रचण्ड (तस्बिरसहित)

काठमाडौंः बाढीपहिरोबाट पीडित भएकाहरूको अवस्था बुझ्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड चितवन पुगेका छन् ।

प्रचण्डले आज गृह जिल्ला चितवनका बाढीपहिरोबाट प्रभावित क्षेत्र र नदीको अवलोकन गरेका छन् ।

उनले प्राकृतिक प्रकोप बाढीपहिरो, कोरोना महामारीलगायत क्षेत्रका जनताको अवस्थासमेत बुझेका छन् । त्यसक्रममा उनले पीडित व्यक्तिहरूलाई छिटोभन्दा छिटो राहतको व्यवस्था गर्न विभिन्न निकायलाई निर्देशनसमेत दिएका छन् ।

याे पनि पढ्नुस  प्रदेश नाम र राजधानीको विषय टुङ्गाएर विकास निर्माणमा केन्द्रीत हुनुपर्छः प्रचण्ड

त्यस्तै, प्रचण्डले बाढीपहिरो लगायत प्राकृतिक विपद्बाट प्रभावितको उद्धारमा खटिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्