नारायणी र राप्ती नदीको कटान समस्या छिट्टै समाधान : अध्यक्ष प्रचण्ड

चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री प्रचण्डले नारायणी र राप्ती नदीको कटान क्षेत्रलाई १ वर्षभित्र सुरक्षित बनाउने गरी काम अगाडि बढेको बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिका मेघौली नजिक नारायणी नदीको कटान क्षेत्रको शनिबार निरीक्षण गर्दै प्रचण्डले नदी कटान रोक्न तटबन्धन कार्यक्रमको काम भइरहेको बताए ।

याे पनि पढ्नुस  ओली, प्रचण्ड र खनालबीचको भेटवार्ता सकियो, के भयो सहमति ?

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको राप्ती र नारायणी नदीको कटान समस्या चाँडै समाधान हुने बताए ।

प्राकृतिक प्रकोपका कारण अहिले जनताले धेरै दुःख भोगिरहेकाले अवस्था बुझ्न आफू् चितवन आएको अध्यक्ष प्रचण्डले बताए ।

उनले आज नै माडीको विभिन्न क्षेत्र पनि अवलोकन गर्ने कार्यक्रम छ ।

बाढीप्रभावित क्षेत्रको अवलोकनका लागि चितवनमा प्रचण्ड (तस्बिरसहित)

कमेन्ट गर्नुहोस्