आज ७० जनामा मात्र कोरोना पुष्टि, एकैदिन निको भए ४३१ संक्रमित

काठमाडौं : नेपालमा शनिबार ७० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा रहेका २५ प्रयोगशालामा परीक्षण गर्दा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सङ्क्रमितको कुल संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

याे पनि पढ्नुस  नेपालमा न्यायाधीशमा पनि देखियो कोरोना

त्यस्तै आज ४ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना जित्नेको संख्या हजार ८ हजार ४४२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्