काठमाडौंमा आज ३ जनामा कोरोना संक्रमण

काठमाडौं : काठमाडौंमा आज ३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा आजमा काठमाडौंमा ३ जनामा कोरोना पोजिटिभ देखिएको हो । शनिबार उपत्यकाका ललितपुर र भक्तपुरमा भने संक्रमित देखिएनन् ।

देशभर आज ७० जनामा कोरोना पुष्टि

याे पनि पढ्नुस  नेपाल स्काउटले ५० स्थानमा हात धुने तथा स्यानिटाइजर स्टेशन राख्ने

नेपालमा शनिबार ७० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा रहेका २५ प्रयोगशालामा परीक्षण गर्दा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको कुल संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

याे पनि पढ्नुस  आज कुन-कुन जिल्लामा थपिए कोरोना संक्रमित? (सूचीसहित)

त्यस्तै आज ४ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या हजार ८ हजार ४४२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्