कोरोनाबाट काठमाडौंमा ३ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ३८ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ३ जनाको मृत्यु भएको पुष्टि गरे । योसँगै मृतकको संख्या ३८ पुगेको छ।

गौतमका अनुसार २ जनाको ललितपुरस्थित पाटन अस्पताल र १ जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।

याे पनि पढ्नुस  ‘लकडाउन’: प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं महानगरपालिका-१० शंखमुल बस्ने ६० वर्षीय पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका-४ का ५४ वर्षीय पुरुष र अर्को एक जनाको कोरोनाकै कारण मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

शंखमुल बस्ने ६० वर्षीय पुरुषको शनिबार निधन भएको हो । उनी फोक्सोका रोगी भएको गौतमले जानकारी दिए ।
त्यसैगरी पाटन अस्पतालमा क्षयरोगको उपचार गराइरहेका अर्का ४५ वर्षीय पुरुषको शुक्रबार निधन भएको छ। असार १८ गते पाटन अस्पताल भर्ना भएका उनमा असार २२ गते कोरोना पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  कोरोना भाइरसः चैत ६ गतेबाट सुरु हुने एसईई के होला ?

त्यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको सिनामंगलस्थित केएमी अस्पतालमा असार २५ गते निधन भएको हो । उनी मिर्गौला रोगी भएको प्रवक्ता गौतमले जानकारी दिए । असार २१ गते स्वाबको नमुना परीक्षण गर्दा उनमो कोरोना पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्