केही तत्व प्रधानमन्त्री र मलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं : अध्यक्ष प्रचण्ड

चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकनपछि माडीमा आयोजित भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको उनको भनाई थियो । ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं,’ उनले भने ।

याे पनि पढ्नुस  जब प्रचण्डले मिथिला मध्यपरिक्रमाको डोला बोके...

अध्यक्ष प्रचण्डले भने, ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ ।

उनले कार्यकर्ताहरूलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्री एकढिक्का हुन आग्रह गरे । अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’

कमेन्ट गर्नुहोस्