अवैधरूपमा मृगौला प्रत्यारोपण गरेको आरोपमा ४ डाक्टर पक्राउ

चितवन : चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना डाक्टर पक्राउ परेका छन् । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा आज ४ जना डाक्टर पक्राउ परेका हुन् ।

स्रोतका अनुसार पक्राउ पर्नेमा डाक्टरमा राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायतका छन् ।

याे पनि पढ्नुस  मृर्गौला प्रत्यारोपण गर्दै प्रधानमन्त्री ओली

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरूलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ छ। यसविषयमा ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिने तयारी गरेको छ ।

ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरू पक्राउ परेका हुन् ।

कमेन्ट गर्नुहोस्