अमिताभ बच्चन कोरोना पोजिटिभ

बलिउडका महानायक भनेर चिनिने भारतीय अभिनेता अमिताभ बच्चनमा संक्रमण देखिएको छ। आफू संक्रमित भएर नानावती अस्पतालमा भर्ना भएको भन्दै बच्चनले फेसबुक र ट्वीटरमा आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूलाई कोरोना परिक्षण गराउन भनेका छन्।

उनले आफ्नो परिवार र स्टाफले उक्त परिक्षण गराइसकेको समेत जानकारी दिएका छन्।

याे पनि पढ्नुस  अर्थतन्त्रमा कोरोनाको असर अध्ययन गर्न कांग्रेसद्वारा समिति गठन

बच्चन पछिल्लो पल्ट सुजित सरकारको कमेडी-ड्रामा ‘गुलाबो-सिताबो’मा आयुष्मन खुरानासँग देखा परेका थिए। उक्त चलचित्र कोरोना संक्रमणका कारण अमेजन प्राइम भिडियो मार्फत प्रदर्शन गरिएको थियो।

उनका आउने चलचित्रमा ब्रह्मास्त्र, चेहरे र झुण्ड रहेका छन्। केही दिन यता मुम्बईमा फसिरहेका भर्रतीय नागरिकलाई बाहिर पठाउने काममा सक्रिय रहने क्रममा उनी सक्रमित भएको हुनसक्ने ‘टाइम्स नाउ’ले जनाएको छ।

याे पनि पढ्नुस  अस्पतालको वेडबाटै अमिताभ बच्चनले जारी गरे यस्तो भिडियो सन्देश

बच्चनले गत महिना उत्तरप्रदेशका लागि चार वटा विशेष उडानको प्रबन्ध गरेर लगभग सात सय जनालाई घर पठाएकाे बताइन्छ ।

 

कमेन्ट गर्नुहोस्