३३ किलो सुन काण्डका आरोपी पक्राउ

काठमाडौंः ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए । उनका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन् ।

याे पनि पढ्नुस  फेसबुकबाट अश्लिल तस्विर पठाएर युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा युवक पक्राउ

अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिए ।

उनका अनुसार सो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ । उनी पछिल्लो समयमा यूएई बस्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्