कोरोना पुष्टिपछि अमिताभ बच्चनले गरे यस्तो अपील, के छ अवस्था ?

काठमाडौंः बलिउडका नायक अमिताभ बच्चन र उनका छोरा अभिषेकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले शनिबार साँझ ट्विटरमर्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यसअघि उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको थियो ।

अमिताभको परिवारका सबै व्यक्तिको र घरमा बस्ने कर्मचारीको नमूना पनि लिएको छ । उनीहरूको आइतबार रिपोर्ट आउनेछ । क्रिटिकल केयर सर्विसेज नानावटीका निर्देशक डा. अब्दुल एस अन्सारीले अमिताभको अवस्था पहिलेको भन्दा राम्रो रहेको र शुरुका रिपोर्टहरू सन्तोषजनक रहेको बताएका छन् ।

अमिताभले ट्वीट गरेर उनीसँग पछिल्ला १० दिनमा सम्पर्क गरेकाहरूको कोरोना परीक्षण गराउन अपील गरेका छन् ।

याे पनि पढ्नुस  मातृभूमि हेर्दै आँसु झारिरहेका नेपालीको पीडा कसले बुझ्ने ?

यसैबीच, जया बच्चन र ऐश्वर्या राई बच्चनको रिपोर्ट नेभेटिभ आएको बताइएको थियो । तर महाराष्ट्रका स्वास्थ्य मन्त्री डा. राजेश टोपेले जय, ऐश्वर्या र नातिनी आराध्याको रिपोर्ट आइतबार साँझ आउने जानकारी दिए ।

११ अक्टुबर १९४२ मा जन्मेको अमिताभ बच्चनलाई विगत ३८ वर्षदेखि दम, कलेजो र किड्नीको समस्या छ ।

याे पनि पढ्नुस  थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

७७ बर्षे बच्चनलाई गत वर्ष अक्टोबरमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि ३ दिन अस्पताल भर्ना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्