अन्ततः ट्रम्पले पनि लगाए मास्क

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर सार्वजनिक रुपमा देखिएका छन् ।

ट्रम्पले वाशिंगटनको नजिकको वाल्टर रीड राष्ट्रिय सैन्य मेडिकल सेन्टरको मास्क लगाएर भ्रमण गरे, जहाँ उनले घाइते सैनिक र स्वास्थ्यकर्मीहरूलाई भेटे । ट्रम्पले पहिले सार्वजनिक रूपमा फेस मास्क लगाउन अस्वीकार गर्दै आएका थिए ।

याे पनि पढ्नुस  ट्रम्पलाई फकाउन फोन गरे मोदीले, के–के भयो ३० मिनेटको कुराकानीमा?

शनिबार व्हाइट हाउस छोड्ने बेला पनि ट्रम्पले मास्क लगाएका थिए । उनले भने कि अस्पतालमा जहाँ तपाईं धेरै मानिसहरूलाई भेट्नुहुन्छ, तपाईले मास्क लगाउनुपर्ने हुन्छ ।

ट्रम्पले भने, ‘म कहिले मास्क लगाउनको विरुद्ध भएन । तर मलाई लाग्छ कि हरेक चीजको समय र ठाउँ हुन्छ ।’

याे पनि पढ्नुस  काभ्रेका आजाद माविमा पठनपाठन सुरू, मास्क लगाएर पढ्दै विद्यार्थी

कोरोना महामारीले अमेरिकामा सताएपछि ट्रम्प सार्वजनिक रूपमा मास्क लगाएको यो पहिलो पटक हो ।

कमेन्ट गर्नुहोस्