छिमेक लघुबित्तद्वारा क्वारेन्टाइनमा रहेकालाई सहयोग

डडेल्धुराः छिमेक लघुबित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय अमरगढीले क्वारेन्टाइनमा रहेकालाई सहयोग गरेको छ ।

छिमेक लघुबित्तले भागेश्वर गाउँपालिका–४ सरस्वती मा.वि. बगरकोटको क्वारेन्टाइनमा रहेकाहरूलाई ११ हजार ६१५ रुपैयाँ बराबरका स्वस्थ, सरसफाई तथा खाद्यान्नका सामग्री सहयोग गरेको हो ।

अमरगढी शाखा प्रबन्धक सुदर्शन तिमल्सिनाले अध्यक्ष रत्न बहादुर बिष्टलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

याे पनि पढ्नुस  डडेल्धुराको भागेश्वरमा जीप दुर्घटनाः १ को घटनास्थलमै मृत्यु, ३ घाईते

यसअघि छिमेक लघुबित्त वित्तिय संस्था लिमिटेडले कोरोना राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको थियो ।

कमेन्ट गर्नुहोस्