सङ्खुवासभामा ७ घर पहिरोले बगायो, ११ बेपत्ता

सङ्खुवासभाः सिलिचोङ गाउँपालिका–१, सिसुवाखोलामा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता परेका छन् ।

अविरल वर्षापछि गएराति गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाले जनाएको छ । अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

याे पनि पढ्नुस  पहिरोले घर पुरिँदा एकको मृत्यु, दुई बेपत्ता

साथै सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पहिरो गएको स्थान निकै दुर्गम भएको तथा घटनास्थल पुग्न बाटोमा खोलाहरूमा बाढी आएकाले मुस्किल भएको फोन सम्पर्कमा बताए ।

कमेन्ट गर्नुहोस्