अस्पतालको वेडबाटै अमिताभ बच्चनले जारी गरे यस्तो भिडियो सन्देश

काठमाडौंः कोरोना भाइरसबाट संक्रमित भएपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश जारी गरेका छन् ।

उनले जारी गरेको भिडियो डाक्टर तथा नर्सहरुको सेवाप्रति नतमस्तक रहेको बताएका छन् । उनले भिडियो सन्देशमा भनेका छन्, ‘हालै मैले ट्वीटरमा एक पोस्ट हेरेको थिएँ । त्यहाँ सुरतको एक बिलबोर्डको तस्बिर थियो, जसमा लेखिएको थियो–तपाईँलाई थाहा छ अहिले मन्दिर किन बन्द छन् ? किनकी भगवान अचेल सेतो कोट लगाएर अस्पतालमा काम गरिरहेका छन् ।’

याे पनि पढ्नुस  सुदूरपश्चिममा आज २७ जनामा कोरोना संक्रमण

‘तपाईँहरु सबै जीवनदायी बन्नु भएको छ । तपाईंहरू को कामका लागि म हात जोडेर नमन गर्न चाहन्छु । तपाईंहरूको अगाडि म नतमस्तक छु । तपाईंहरू हुनुहुँदैनथ्यो भने मानवता शायद हुँदैनथ्यो होला’, उनले अगाडि थपेका छन् ।

Amitabh Bachhan

कोरोना संक्रमणपछि स्वास्थकर्मीको मनोबल उच्च बनाउदै अमिताभ बच्चनले भने – थाहा छ आजभोलि किन मन्दिरहरु बन्द छन ?

Posted by Abhishek Raj Singh on Saturday, July 11, 2020

अहिलेको समय केही कठीन र असहज रहे पनि संयुक्त प्रयासले यो अप्ठ्यारोलाई जित्न सकिने भन्दै उनले सबैसँग सचेत र आशावादी रहन आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  नेपालका यी ७ जिल्ला भए ‘कोरोना फ्री’

अभिनेता अमिताभ र उनका छोरा अभिषेकलाई शनिबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टिपछि अमिताभ बच्चनले गरे यस्तो अपील, के छ अवस्था ?

कमेन्ट गर्नुहोस्