रुपन्देहीमा जिप दुर्घटनाः १ को मृत्यु, ४ घाइते

खस्यौलीः रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ ।

सो दुर्घटनामा गम्भीर घाइते सिद्धार्थनगर नगरपालिका–११ बस्ने करिब ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका प्रहरी निरीक्षक इन्द्र चौधरीले जानकारी दिए ।

याे पनि पढ्नुस  गुल्मीमा जिप दुर्घटनाः एकको मृत्यु ४ जना घाइते

शनिबार बेलुका भएको सो दुर्घटनामा चार घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्