बलिउड कलाकार अनुपम खेरमा पनि कोरोना संक्रमण

नयाँदिल्ली : भारतीय अभिनेता अनुपम खेरसहित उनको परिवारका ४ जना कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका छन् ।

अनुपमसहित उनकी आमा, भाउजू र भतिजीलाई संक्रमण भएको उनले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

अनुपमले लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजु र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरूमा हल्का लक्षण देखिएको छ । म आफैंले पनि परीक्षण गरे र मैले आफ्नो रिपोर्ट नेगेटिभ पाएको छु ।’

याे पनि पढ्नुस  डब्ल्यूएचओले भन्योः एसियामा अझै सकिएको छैन कोरोनाको महामारी

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्ररूपमा फैलिरहँदा बलिउडका बादशाह भनी चिनिने अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई पनि संक्रमण भएको छ ।

अमिताभ अस्पताल भर्ना भएको केही घण्टामै अनुपमले आफूसहित परिवारका चार जनालाई कोभिड-१९ पोजिटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् ।

कमेन्ट गर्नुहोस्