काठमाडौंको टोखाका ३ जनामा कोरोना संक्रमण

काठमाडौं : राजधानीको टोखा नगरपालिका-६, हरियाली बस्तीका ३ स्थानीयसहित ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले गत साता समुदायमा कोराना भाइरसको संक्रमण छ कि छैन् भनि उपत्यकाका विभिन्न १२ स्थानबाट १/१ सयका दरले पीसीआर परीक्षणका लागि नमूना संकलन गरेको थियो । सो क्रममा टोखाको हरियाली बस्तीबाट समेत नमूना लिइएको थियो ।

याे पनि पढ्नुस  नेपाली सेनाद्वारा ५२ बेडको ‘आइसोलेसन वार्ड’ तयार, प्रहरीलाई बिदा बस्न रोक

ईडीसीडीका एक कर्मचारिका अनुसार हरियाली बस्तीबाट १ सय बढीको नमूना ल्याइ जाँच गर्दा ३ जना स्थानीयसहित ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । १ जना कैलालीबाट आएर क्वारेन्टाइनमा बसेको व्यक्ति थिए भने ३ जना हरियाली बस्तीकै बासिन्दा हुन् ।

ईडीसीडीले यसअघि कन्ट्याक्ट ट्रेसिङमा स्रोत नखुलेका विभिन्न स्थानका केसहरुलाई आधार मानी त्यस स्थानका कम्तिमा एक सयका दरले नमूना संकलन गरेको थियो।

याे पनि पढ्नुस  इस्लामिक समूहको अगाडि झुक्यो पाकिस्तान सरकार, रमजानमा मस्जिद र सामूहिक प्रार्थनाहरू खुला रहने

यसैबीच काठमाडौँ महानगरपालिका-२९ डिल्लीबजार क्षेत्रबाट संकलित २ सय वटा नमुनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

स्थानीयमा संक्रमण भेटिन थालेपछि ईडीसीडीले समुदायमा कोरोना भाइरसको स्थिति अध्ययन गर्न ५ दिनभित्र उपत्यकामा ५ हजार जनाको पीसीआर परीक्षण गर्ने भएको छ । त्यसको लागि गत बिहीबारबाट स्वाब संकलनको काम सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्