जनता समाजवादीले लियो दल दर्ताको प्रमाणपत्र

काठमाडौं : निर्वाचन आयोगमा जनता सामाजवादी पार्टी नेपाल औपचारिकरूपमा दर्ता भएको छ ।

जनता समाजवादी पार्टीले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको जनाएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीलाई प्रमाणपत्र र आधिकारिक पत्र प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

याे पनि पढ्नुस  आर्थिक सहायता नबाँड्नू: निर्वाचन आयोग

समाजवादी पार्टीले एक विज्ञप्ति जारी गर्दै आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको जनाएको छ । यस कार्यका लागि उक्त पार्टीले आयोगप्रति आभार व्यक्त गरेको छ ।

साथै प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्ने पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई बधाई तथा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

याे पनि पढ्नुस  उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

अग्रगामी परिवर्तनका पक्षधर, सङ्घीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र सामाजवादप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिलाई समाजवादी पार्टी नेपालमा आबद्ध हुन पनि समाजवादीले आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस्