साझा पार्टीबाट बाहिरिए सूर्यराज र मुमाराम

काठमाडौंः साझा पार्टीका सचिवालय सदस्य डा. सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी छोडेका छन् ।

फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेपछि त्यसमा असहमति जनाउँदै उनीहरूले पार्टी छोडेका छन् ।

साझा पार्टीको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठन गरेको छ । साथै आचार्य र खनाललाई धन्यवाद दिने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  रवीन्द्र मिश्र भन्छन्, ‘साझा पार्टी सरकारमा आए सबै कर्मचारी युनियन खारेज गर्छ’

स्रोतका अनुसार लुम्बिनी भेलामा फरक मत राखेका खनाल र आचार्यले पार्टीको संरचना भत्काएर संयोजक मात्र राख्ने प्रस्ताव गरेका थिए । तर पार्टी नेतृत्व अहिलेको संरचना कायम राख्दै एकता गर्दै जाने पक्षमा उभिएपछि उनीहरु असन्तुष्ट बनेका हुन् ।

असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका समितिहरू भंग गरेर जान ठिक नहुने र विवेकशीललगायतका दलहरूसँग एकीकरण अगाडि बढाउनु पर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएपछि आचाय–खनालले पुरानै पार्टीसँग मिलेर जानुको कुनै अर्थ नहुने भन्दै पार्टीबाट बाहिरिएका हुन् ।

याे पनि पढ्नुस  सरकारमा ‘आसेपास–पुँजीवाद’ को राष्ट्रघाति तस्विर देखिँदैछः साझा पार्टी

११ साउन २०७४ मा पनि पार्टी एकता गरेका साझा र विवेकशील २७ पुस २०७५ मा फुटेको थियो ।

कमेन्ट गर्नुहोस्