जनउत्थानको अधिकृत पूँजी ५० करोड पुर्याउने लक्ष्य

बुटवलः जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले आर्थिक कारोवारलाई पारदर्शी बनाइने र वित्तीय साक्षरता कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने बताए ।

अध्यक्ष विश्वकर्माले १.३२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गरिने र संस्थाको अधिकृत पूँजी १० करोडबाट ५० करोड पुर्याउने लक्ष्य लिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्