यूएईबाट नेपालका लागि तय नयाँ उडान तालिका सार्वजनिक

काठमाडौंः आगामी दिनमा संयुक्त अरब इमिरेट्स (यूएई)बाट नेपालका लागि तय गरिएको उडान तालिका सार्वजनिक गरिएको छ ।

आइतबार नेपाली राजदूतावास, अबुधाबीले उडान तालिका सार्वजनिक गरेको हो । दूतावासको तालिकाअनुसार नेपाल एयरलाइन्सले दुबईबाट १५ र १८ जुलाईमा ३ उडान गर्नेछ ।

याे पनि पढ्नुस  आफ्नो नागरिक फिर्ता लैजान नखोजेपछि यूएईद्वारा कडा कदम चाल्ने संकेत

त्यस्तै, हिमाल एयरलाइन्सले पनि अबुधाबीबाट १५ र १८ जुलाईमा ३ उडान गर्ने दूतावासले जनाएको छ ।

एयर अरेबियाले शारजहाँबाट १५ र १८ जुलाई र फ्लाई दुबईले पनि दुबईबाट १५ र १८ जुलाईमा काठमाडौंका लागि उडान गर्ने छ । यो अवधिमा विभिन्न एयरलाइन्सहरूले १० उडान गर्ने दूतावासले जनाएको छ ।

याे पनि पढ्नुस  घर फर्किने नेपालीका लागि पहल गर्न एनआरएनए यूएईद्वारा दूतावासलाई आग्रह

कोरोना महामारीका कारण युएईका विभिन्न शहरमा अलपत्र परेका ५ हजार ८ सय ५९ नेपालीलाई स्वदेश फर्कासकेको समेत दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार आइतबारसम्म विभिन्न ३५ उडानमार्फत् सो संख्यामा यूएईबाट नेपाली फर्किएका हुन् । दूतावासले २८ अप्रिलमा खुला गरेको नेपालीको विवरण संकलन फाराममा १० जुलाईसम्म ३७ हजार २ सय ३० जनाले नाम टिपाएका छन् ।

याे पनि पढ्नुस  यूएईमा पनि भेटियो कोरोना भाइरस, नेपालीलाई सचेत रहन दूतावासको आग्रह

नेपालमा लागि तय गरिएको नयाँ उडान तालिका

कमेन्ट गर्नुहोस्