भारतमा कोरोनाको नयाँ रेकर्ड

काठमाडौंः भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ४७ रहेको छ । यो आँकडा कोभिड–१९इन्डिया डट ओआरजीमा उल्लेख गरिएको छ ।

आइतबार २४ घण्टाभित्र यहाँ २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । २४ घण्टाभित्र भेटिएको संक्रमितको संख्या यो अहिलेसम्मकै धेरै हो । यसअघि जुलाई ११ मा सबैभन्दा धेरै २७ हजार ७ सय ५४ संक्रमित भेटिएका थिए ।

भारतमा आइतबार १८ हजार १ सय ३९ बिरामी निको भएको भारतीय सञ्चार माध्यमले बताएको छ । अहिलेसम्म यहाँ ५ लाख ५४ हजार ३ सय ७० बिरामी ठिक भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा पाँच सय व्यक्तिको ज्यान गएको छ । मृतकको संख्या यहाँ २३ हजार १ सय ८७ पुगेको छ ।

कहाँ कति ?

कमेन्ट गर्नुहोस्