अमेरिकामा फेरि बढ्यो कोरोना

काठमाडौंः अमेरिकाको विभिन्न राज्यहरुमा कोभिड–१९ बाट संक्रमितहुनेहरुको संख्या फेरि बढ्न थालेको देखिएको छ ।

संक्रमण उच्च रहेका बेला केहि प्रतिवन्धको घोषणा गरेका राज्यहरुमा जनजीवन सामान्य बनेसंगै फेरि संक्रमणको लहर दोहोरिन थालेको छ ।

यसैक्रममा फ्लोरिडा राज्यमा हालसम्मकै धेरै जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टाको अवधिमा मात्रै त्यहाँ १५ हजार ३०० जना संक्रमित फेला परेका छन् भने संक्रमण भएर नै ४५ जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीले दिए फ्रान्स र आयरल्याण्डका प्रधानमन्त्रीलाई बधाई

यो संख्या अमेरिका देश भरीकै एक दिनमा भेटिएका कूल संक्रमित संख्याको एक चौथाइ हो । अमेरिकाको कूल जनसंख्याको सात प्रतिशत मानिसहरु बसोबास गर्ने फ्लोरिडामा यति धेरै जनामा संक्रमण फेला परेपछि सतर्कता बढाइएको छ ।

अमेरिकामा गएको २४ घण्टामा मात्रै ६० हजार हाराहारीमा संक्रमण पुष्टी भएको छ । त्यहाँ हालसम्म ३४ लाख १३ हजार भन्दा बढि जनालाई संक्रमण भइसकेको छ । उनीहरु मध्ये १ लाख ३७ हजार जनाको मृत्यु भइसकेको छ ।

याे पनि पढ्नुस  बेल्जियममा पनि कोरोना संक्रमण बढ्दो, मृतकको संख्या ३ हजार नाघ्यो

विश्वमा संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ । ५ लाख ७१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । ७५ लाख ७५ हजार संक्रमितहरु भने केहि समयको अस्पताल बसाइपछि संक्रमणमुक्त भएर फर्किएका छन् ।

शुरुवाती दिनका तुलनामा हालैका दिनहरुमा संक्रमण र मृत्युको दर घटेको छ । तर देशहरुले आवश्यक सतर्कता नअपनाउँदा धेरै देशहरमा संक्रमणको दोस्रो लहर शुरु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

कमेन्ट गर्नुहोस्