काठमाडौंमा चल्न थाले सार्वजनिक यातायात

काठमाडौंः काठमाडौंमा सार्वजनिक यातायात चल्न थालेका छन् ।

त्यसको शुरूवात स्वरुप आजबाट मयूर यातायातले काठमाडौंमा बस सेवा शुरू गरेको हो । सरकारले तोकेको मापदण्डअनुसार आजदेखि सेवा शुरू गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

अहिले ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बस शुरू गरेको छ ।

याे पनि पढ्नुस  सार्वजनिक यातायातः सिटभरि यात्रु, छैन सुरक्षा

कम्पनीले काठमाडौं–धुलिखेल–पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ । पर्सीसम्म २० देखि २२ बस सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।

याे पनि पढ्नुस  दिल्ली रेड जोनबाट बाहिरः नीजि र सार्वजनिक यातायात सुचारू हुने, बजार पनि खुल्ने

सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी खुला गरेको थियो । तर, अन्य यातायात व्यवसायीले विभिन्न माग राख्दै सवारी चलाएका छैनन् ।

कमेन्ट गर्नुहोस्