४ भारतीय न्यूज च्यानलको प्रसारण रोकियो, अरुको खोलियो

काठमाडौंः केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानलबाहेक अरुको प्रसारण खुला गर्ने निर्णय गरेका छन् ।

केबल अपरेटरहरूको आइतबार बसेको बैठकले नेपाल र नेपालीका बारेमा भ्रामक र अतिरञ्जनापूर्ण विषयवस्तु प्रसारण गर्ने चार वटा च्यानलमा लगाएको रोक भने कायमै राख्ने निर्णय गरेको हो ।

केवल अपरेटरहरुको संयुक्त बैठकले नेपाल र नेपालीका बारेमा भ्रम फैलाउने जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए ।

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवम् आपत्तिजनक समाचार प्रसारण गरेपछि केबल अपरेटरहरूले २५ असारमा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाएका थिए । सरकारले पनि परिस्थिति अनुकूल भएर नसुध्रिदासम्म भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायम राख्न भनेको छ ।

कमेन्ट गर्नुहोस्