यी ६ निजी प्रयोगशालाले पाए कोभिड-१९ परीक्षण गर्ने अनुमति

काठमाडौं : सरकारले ६ वटा निजी प्रयोगशालालाई कोभिड-१९ को पीसीआर परीक्षणको अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका ६ निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार स्टार अस्पताल काठमाडौं, काठमाडौं मेडिकल कलेज काठमाडौं, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी काठमाडौं र सूर्या हेल्थ केयर सेन्टर रहेका छन् ।

यस्तै उपत्यकाका बाहिर नेशनल प्याथल्याब बुटवल र वागेश्वरी प्रयोगशाला कोहलपुर बाँकेले अनुमति पाएका छन् ।

प्रयोगशालाले पिसिआरको परीक्षणको दायरा बढाउनका लागि गत जेठ २२ गते इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्तावमा १९ वटा प्रयोगशालाले आफूले पीसीआरको परीक्षण गर्न प्रस्ताव दर्ता गराएका थिए ।

याे पनि पढ्नुस  अझै घटेन कोरोना परीक्षण गराउनेको भीड

‘हामीले प्रस्ताव दर्ता गराएका प्रयोगशालाको मापदण्ड हेरेर पहिलो चरणमा छ वटा प्रयोगशालालाई परीक्षण गर्न दिएका छौँ,’ उनले भने, ‘अन्य प्रयोशाला मापदण्ड पुगेपछि अनुगमन गरेर परीक्षणका लागि अनुमति दिन्छौँ ।’

ती १९ मध्ये ९ वटा प्रयोगशालाको भने आफ्नै पीसीआर परीक्षण गर्ने मेसिन रहेको थियो । ती ६ प्रयोगशालाले आफैँ नमूना सङ्कलन गर्ने नभई मन्त्रालयले उपलब्ध गराएको नमूना परीक्षण गर्नेछन् । यसरी परीक्षण गरेबापत ती प्रयोशगालाले एक वटा नमूना परीक्षणको ५ हजार ५०० शुल्क लिन पाउने छन् ।

याे पनि पढ्नुस  अझै घटेन कोरोना परीक्षण गराउनेको भीड

कोभिड– १९ को परीक्षणको दायरा बढाउनका लागि मन्त्रालयले निजीलाई समेत कोभिड–१९ को पिसिआर विधिबाट परीक्षण दिने निर्णय गरेको थियो । अहिले मुलुकभरि २५ वटा प्रयोगशालाबाट पिसिआर प्रविधिबाट परीक्षण हुँदै आएको छ । अहिलेसम्म २ लाख ८३ हजार ५१५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यसअघि सरकारले सातै प्रदेशका सरकारी १/१ प्रयोगशालामा ५ हजार ५०० रुपैयाँ शुल्कमा पीसीआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । ती प्रयोगशालामा प्रदेश नं १ मा कोशी अस्पताल, प्रदेश नं २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशाला रहेका छन् ।

याे पनि पढ्नुस  अझै घटेन कोरोना परीक्षण गराउनेको भीड

ती प्रयोगशालामामा निर्देशिका भन्दा बाहेकका व्यक्तिले पनि आफूलाई इच्छ्याएका बेला शुल्क तिरेर नमूना परीक्षण गर्न पाउने छन् ।

कमेन्ट गर्नुहोस्