चर्चित गायक एल्विस प्रेस्लेका नातीले गोली हानेर गरे आत्महत्या

एजेन्सी : लोकप्रिय अमेरिकी गायक एल्विस प्रेस्लेका नाती बेन्जामिन केओफले २७ वर्षकै उमेरमा संसार छाडेका छन् ।

डेली मेलका अनुसार उनले अमेरिकाको क्लाबसासस्थित आफ्नो घरमा गोली हानेर आत्महत्या गर्दै आइतबार संसार छाडेका हुन् ।

यो कुराको पुष्टि उनकी आमा र एल्विसकी एक्ली छोरी लिस मेरी प्रेस्लेकी म्यानेजरले एक समाचार एजेन्सीसँगको कुराकानीमा गरेका हुन् । लिसाका म्यानेजर रोजर विडिनोवस्कीले बेन्जामिनको मृत्युबारे थप जानकारी दिन अस्विकार गर्दै बताए, ‘छोराको मृत्युपछि लिसा मेरी प्रेस्ले निकै दुःखी, फकाउनै नसक्ने र उजाड महसुस गरिरहेकी छिन् । तर उनी आफ्ना ११ वर्षे जुम्ल्याहा र जेठी छोरी राइलीका लागि दरिलो हुने प्रयास गरिरहेकी छिन् ।’

याे पनि पढ्नुस  विवाहको तयारीमा लाग्दा प्रेमीले तनाव दिएपछि आत्महत्या

लिसा, एल्विस र नायिका प्रिसिला प्रेस्लेकी एक्ली सन्तान हुन् । विडिनोवस्कीले भने, ‘उनी आफ्नो छोरालाई निकै प्रेम गर्थिन् । उनको छोरा उनको जीवनको प्रेम थिए ।’

केओफ सार्वजनिक रुपमा निकै कम देखिन्थे तर उनका जतिपनि फोटो सार्वजनिक भएका छन् त्यो देखेर उनी आफ्ना हजुरबुवा एल्विसजस्तै देखिन्छन् भनेर अन्दाज लगाउन सकिन्छ ।

याे पनि पढ्नुस  आत्महत्या गर्छु भनेर धम्की दिएको आधारमा कसैले छुट पाउँदैनन्ः मन्त्री पण्डित

केओफ एक सङ्गीतकर्मी थिए जसले अभिनयमा पनि हात हालेका थिए र सन् २०१७ मा एल्विसको मृत्युको ४० औं वर्षगाँठमा टेनेसीको मेम्फिस शहरमा रहेको एल्विसको पूर्व घरमा भएको कार्यक्रममा पनि भाग लिएका थिए । रक एण्ड रोलका दिग्गज एल्विस प्रेस्लेको निधन सन् १९७७ मा ४२ वर्षको उमेरमा भएको थियो ।

कमेन्ट गर्नुहोस्