कोरोनाबाट विश्वभर ५ लाख ७१ हजार बढीको मृत्यु

जेनेभा : कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६ सय ८९ पुगेको छ ।

साथै, यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३ सय ४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समय अनुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोनाका कारण बिरामी भएका ७५ लाख ८८ हजार ५ सय १० जना निको भएका छन् ।

हाल विश्वभरमा कोरोना संक्रमित करिब ४८ लाख ८२ हजार १ सय ४१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरूमा ५८ हजार ६ सय ५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

याे पनि पढ्नुस  आज कुन जिल्लामा कति कोरोना संक्रमित थप? (सूचीसहित)

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरू भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख १३ हजार ९ सय ९५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा १ लाख ३७ हजार ७ सय ८२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

याे पनि पढ्नुस  चिनियाँ राष्ट्रपति सी कोरोना उद्गमस्थलमा, भने– भाइरस विरोधी लडाइँ जित्नुपर्छ

दक्षिण अमेरिकामा २८ लाख ९४ हजार ६ सय ११ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५ हजार २०९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ४० लाख ७ सय १४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८६ हजार ९० जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ७१ हजार ६ सय ९८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५८१ को मृत्यु भएको छ ।

याे पनि पढ्नुस  कोरोना नियन्त्रण गर्न ७७ जिल्लामै सीसीएमसी स्थापना

एसिया २९ लाख ६४ हजार ६९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७० हजार ३७८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ५ लाख ९८ हजार २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार २ सय ८६ जनाको मृत्यु भएको छ ।

ओसियानामा ११ हजार ६ सय ४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्