बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण

लापाज : बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । रोनाभाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री हुन् ।

बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित भएका थिए । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा छन् ।

याे पनि पढ्नुस  अमेरिकालाई टक्कर दिने बोलिभियाका बामपन्थी नेता मेक्सिकोको शरणमा

अर्थमन्त्री ओर्टिजका चिकित्सकहरूले उनलाई अस्पतालमा भर्ना गरेका र त्यहाँ उपचार जारी रहेको छ ।

बोलिभियामा हालसम्म ४७ हजार बढी व्यक्ति कोरोना संक्रमित भएका र १ हजार ७ सय ५४ जनाको मृत्यु भएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्