आज १४४ जनामा कोरोना पुष्टि, एकैदिन १७ सय संक्रमित डिस्चार्ज

काठमाडौं : नेपालमा सोमबार १ सय ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १ सय ४४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

योसँगै सङ्क्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

याे पनि पढ्नुस  अर्घाखाँची पनि आज रातिदेखि ‘लक डाउन’

त्यस्तै गत २४ घण्टामा १ हजार ७ सय ५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ । आज देशभर ५ हजार ८ सय जनाको पीसीआर गरिएको छ ।

कमेन्ट गर्नुहोस्