काठमाडौं उपत्यका थपिए आज ९ कोरोना संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न ४ प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा आज ९ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३, ललितपुरमा ५ र भक्तपुरमा १ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

याे पनि पढ्नुस  के काठमाडौं उपत्यकामा समुदायस्तरमा सङ्क्रमण फैलिसकेको हो ?

पाटन अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा परीक्षण गर्दा उपत्यकामा सोमबार ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज १४४ जनामा कोरोना पुष्टि, एकैदिन १७ सय संक्रमित डिस्चार्ज

कमेन्ट गर्नुहोस्