पोल्याण्डको राष्ट्रपतिमा आन्द्रेज ड्युडा निर्वाचित

वार्सा : पोल्याण्डका सत्तासीन राष्ट्रपति आन्द्रेज डयुडा राष्ट्रपति चुनावमा आफ्नो प्रतिद्वन्दीलाई झिनो अन्तरले पराजित गरेका छन् ।

आइतबार आएको चुनाबी परिणाम बमोजिम राष्ट्रपति डयुडाले प्रतिद्वन्दी राफल त्रिजाकोस्कीलाई पराजित गरेका हुन् ।

बीबीसीका अनुसार राष्ट्रिय निर्वाचन आयोगले ड्युडाले ५१.२ प्रतिशत मत ल्याएर विजयी हुनुभएको जनाएको छ ।

याे पनि पढ्नुस  सेनेगलको ऐतिहासिक जित,पोल्याण्ड पहिलो पटक अफ्रिकी देशसँग हार चाख्न बाध्य

सन् १९८९ मा कम्युनिष्ट शासनको अन्त्यपछि पोल्याण्डमा झिनो अन्तरको जित भएको यो पहिलो राष्ट्रपतीय चुनाब हो ।

यूरोपेली संघसँगको बढ्दै गएको तनाब चुनाबको प्रमुख मुद्दा थियो । डयुडा राष्ट्रवादी ल एण्ड जस्टिस दल नेतृत्वको सोसल कन्जरभेटिभ गठबन्धनको प्रतिनिधित्व गरेका छन् ।

याे पनि पढ्नुस  कोरोना प्रभावः बच्चालाई जन्म दिएलगत्तै आमाको मृत्यु, बच्चा स्वस्थ

त्रिजाकोस्की भने सोसल लिबरेल पार्टीको प्रतिनिधित्व गरी वार्सा शहरको मेयर थिए ।

कमेन्ट गर्नुहोस्