कर्णाली प्रदेशमा मिसियो कोहलपुर नगरपालिका

बुटवल : बाँकेको कोहलपुर नगरपालिकाले कर्णाली प्रदेशमा गाभिँने निर्णय गरेको छ । कोहलपुर नगरपालिकाको हालै सम्पन्न नगरसभाले सर्वसम्मतरूपमा कर्णाली प्रदेशमा गाभिँने निर्णय गरेको हो ।

कोहलपुरका लागि बुटवल वा दाङ टाढा र अपायक हुनुका साथै कर्णालीमा मिसिँदा यहाँका आदिवासी, जनजाति लगायत पिछडिएको वर्ग र समुदायले सुविधा र अवसर धेरै पाउने भएकाले नगरसभाबाट सर्वसम्मतरुपमा कर्णालीमा मिसिने निर्णय गरिएको नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए ।

याे पनि पढ्नुस  बससँग अटो रिक्सा ठोक्किँदा एकको मृत्यु, ११ जना घाइते

‘नगरपालिकाका झण्डै १ लाख जनताको पहिल्यैदेखिको माग थियो, यसपटक नगरसभाको वैठकबाट सर्वसम्मत निर्णय गरेका छौं’ रावतले भने, ‘कोहलपुरको आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक सम्बन्ध प्रदेश ५ संग भन्दा कर्णालीको सुर्खेतसंग धेरै नजिक र मिल्ने हुँदा यतै मिसिने निर्णय गरेका हौं ।’

याे पनि पढ्नुस  कानुनी राज्यमा गुण्डाराज कुनै हालतमा स्विकार्य हुँदैनः सभापति देउवा

कर्णाली प्रदेशमा मिसिने लिखित निर्णयको प्रति माग्दा नगरप्रमुख रावतले निर्णयलाई अन्तिम रुप दिने र प्रमाणीकरण गर्न बाँकी रहेको प्रतिक्रिया दिए ।

कमेन्ट गर्नुहोस्