नेपाली पोर्न साइट चलाएको आरोपमा १ युवक पक्राउ

काठमाडौं : विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले गोंगबुबाट पक्राउ गरेको बताइएको छ । ब्युरोका सह-निर्देशक नविन्द अर्यालका अनुसार उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशासनण गर्ने गरेका थिए । एक पीडित युवतीले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

याे पनि पढ्नुस  सरकारले बन्द गर : यो १६ हजार बढी पोर्न साइट !

हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ । पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय करोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

कमेन्ट गर्नुहोस्