भोलिदेखि बिजुली बस चल्ने

काठमाडौं : सुन्दर यातायात प्रालिले भोलिदेखि नेपालमा बिजुली बस सञ्चालन गर्ने भएको छ ।

सोमबार प्रेस विज्ञप्ति निकाल्दै कम्पनीले सरकारको निर्णयअनुसार मङ्गलबारदेखि बस सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

यात्रुहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइजर, मास्क उपलब्ध गराउने र बसको हरेक राउण्डमा डिसइन्फेक्शन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीकी प्रशासन प्रमुख सरिता योगीमार्फत निकालिएको विज्ञप्तिमा पुरानै भाडादरमा सेवा दिने उल्लखेख छ ।

‘सरकारले लिने भनेको थप ५० प्रतिशत भाडा नलिइ पुरानै भाडामा यात्रा गराउने समेत व्यहोरा अवगत गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्