फेरि बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

आइतबार ९२ हजार १ सयमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

याे पनि पढ्नुस  आज कतिमा कारोबार हुँदैछ सुन?

त्यस्तै, आज तेजावी सुन ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि सोमबार वृद्धि भएको छ ।

आइतबार ९ सय ८० मा कारोबार भइरहेको चाँदी आज प्रतितोला ९० सय ९० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्