कोरोना कहर : मृत्यु हुनेमा मेक्सिको उक्लियो चौथो स्थानमा

मेक्सिको : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु भएकाहरूको संख्याको आधारमा मेक्सिको चौथो अग्रस्थानमा उक्लिएको छ ।

अधिकारीहरूले दिएको जानकारी अनुसार मेक्सिकोमा अहिलेसम्म कोरोनाका कारण ३५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयका अधिकारीका अनुसार कोरोनाका कारण मेक्सिकोभन्दा धेरै अमेरिका, ब्राजिल र बेलायतमा मृत्यु भएको छ । यसअघि चौथो स्थानमा रहेको इटाली मेक्सिकोपछि पाँचौँ स्थानमा पुगेको छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

मेक्सिकोका राष्ट्रपति एन्ड्रेज म्यानुएल लोपेज ओब्राडोरले महामारी नियन्त्रणका लागि सरकारले सकेसम्मका सवै प्रयास गर्दा पनि मृत्यु हुनेहरुको सङ्ख्या बढिरहेको बताए ।

पछिल्लो २४ घण्टामा देशका ३२ प्रदेशमा थपिएका सङ्क्रमितहरूको संख्या भने ९ मात्रै रहेको पनि उनले बताए ।

उप–स्वास्थ्यमन्त्री ह्युगो एलपेज जाटेलले देशभरी कोरोनाभाइरसबाट सङ्क्रमितहरूको संख्या बढेर आइतबारसम्ममा २ लाख ९९ हजार ७ सय ५० पुगेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्