वडाध्यक्ष नाथ २५ हजार धरौटीमा रिहा

कञ्चनपुर : महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका-९ का वडाध्यक्ष राम नाथलाई आज जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ ।

अदालतले आज वडाध्यक्ष्य नाथलाई २५ हजार धरौटीमा रिहा गरेको हो ।

अभद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् ।

याे पनि पढ्नुस  भीमदत्तका मेयरले ह्लिचेयर दिएपछि घर बाहिर निस्के ओखेडा

जाहेरी दर्तापछि अदालतको आदेशमा नाथलाई १० दिन थुनामा राखी अनुसन्धान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्