ललितपुरको एकान्तकुनामा युवती बलात्कार, २४ घण्टाभित्रै पक्राउ परे युवक

काठमाडौं : बलात्कार गरी फरार भएका १ युवकलाई प्रहरीले २४ घण्टा नबिप्दै पक्राउ गरेको छ ।

इलाम घर भइ ललितपुरको नख्खुमा बस्दै आएका २७ वर्षका विजय गजमेरलाई महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनले गएराती एक युवतीलाई कोठामा पुर्‍याइदिने भन्दै ललितपुरको एकान्तकुनामा लगेर गाडीमा नै बलात्कार गरेका थिए ।

याे पनि पढ्नुस  कञ्चनपुरमा फेरी बलात्कारको घटना, पुनर्वासबाट एक पक्राऊ

एसपी इश्वर कार्कीका अनुसार बलात्कारपछि फरार रहेका गजमेरलाई लुकेर कोटेश्वरमा बसेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनीहरू दुवै जना एकै स्थानमा काम गर्दथे । रात परेपछि कोठामा पुर्‍याइदिने भन्दै ती युवकले गाडीमा हालेर एकान्तकुना लगेका थिए ।

कमेन्ट गर्नुहोस्