अमेरिका र भारतका केही राज्यमा फेरि लकडाउन घोषणा

काठमाडौंः कोरोना भाइरस तीव्र रुपमा फैलिन थालेपछि अमेरिका र भारतका केही स्थानमा फेरि लकडाउन लगाइएको छ ।

अमेरिकाको सबैभन्दा ठूलो जनसंख्या भएको क्यालिफोर्नियामा कोरोना संक्रमण रोक्न फेरि लकडाउन लगाइएको छ । प्रान्तीय गभर्नर गेविन न्यूसमले तुरुन्तै सबै रेस्टुरेन्टहरूमा भित्री गतिविधिहरूमा प्रतिबन्ध गरे । यसबाहेक यो प्रतिबन्ध बार, मनोरञ्जन स्थल, चिडियाखाना र संग्रहालयहरूमा पनि लागू हुनेछ ।

याे पनि पढ्नुस  कोरोना संक्रमित बढ्दै गएपछि लकडाउनमा पुनः कडाइ

क्यालिफोर्नियाको दक्षिणपश्चिमी प्रान्तको सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा गिर्जाघर, जिम र सलुनहरू पनि बन्द हुनेछन् । क्यालिफोर्नियामा ३ लाख ३० हजार बढी संक्रमित छन् भने ७ हजबर बढीको मृत्यु भइसकेको छ ।

पछिल्ला दुई हप्तामा कोरोना पोजिटिभ आउने व्यक्तिको संख्या २०प्रतिशत बढेको छ । यसकारण ४ करोड जनसंख्या भएको यो प्रान्तमा फेरि लकडाउन लागू गर्ने निर्णय भएको छ ।

याे पनि पढ्नुस  ‘लकडाउन’मा थप कडाईः प्रदेश, जिल्ला र पालिकाबीचको आवतजावत बन्द

उता, भारतको दक्षिणी राज्य कर्नाटकको राजधानी बैंगलोरमा पनि आज साँझ ८ बजेदेखि लकडाउन सुरु हुनेछ । लकडाउन २२ जुलाईको बिहान छ बजेसम्म लागू रहनेछ ।

यो लकडाउन बैंगलोरको शहरी र ग्रामीण क्षेत्रमा लागू हुनेछ । यस लकडाउनको बेला राज्यमा आवश्यक सेवाहरू जारी रहनेछ ।

कमेन्ट गर्नुहोस्