प्रेमीबारे बोलिन् युवराज्ञी हिमानीकी छोरी पूर्णिका, के हो सत्यता ?

काठमाडौंः केही दिन अघि विभिन्न सञ्चारमाध्यममा पूर्व युवराज्ञी हिमानी शाहकी छोरी पूर्णिका शाहको बारेमा भ्रामक समाचार छापिएपपछि पूर्णिकाले सो कुराको खण्डन गरेकी छन् ।

पूर्णिकाको आफू भन्दा जेठा प्रेमी भएको भन्दै अफवाह फैलिएको थियो । विभिन्न सञ्चारमाध्यममा यस्तो अफवाह फैलिएपछि पूर्णिकाले सामाजिक सञ्जाल टिकटकमार्फतसो कुरामा कुनै सत्यता नभएका कारण विश्वास नगर्न आग्रह गरेकी छन् ।

याे पनि पढ्नुस  पारसकी छोरी पूर्णिकाले रोजिन् प्रेमी, काे हुन् उनी?

आफ्नो बारेमा खबरहरु छापिएपछि पूर्णिमाले हाँस्दै भनेकी छन्, ‘मेरो बारेमा छापिएको कुरामा केही सत्यता छैन। सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्दछु ।’ यो कुरा भन्दा पूर्णिमा हल्का लजाएजस्तो देखिन्छन् ।

पूर्वराजकुमारी पूर्णिमा थाइल्याण्डमा अध्ययरत छन् । हाल आमा हिमानी पनि छोरीहरुका साथ थाइल्याण्डमै छन् । पूर्णिमा टिकटकमा सक्रिय छन्।

कमेन्ट गर्नुहोस्